म बेरोजगारी युवा
✍️ कुशल भट्टराई २० काटे, २५ नजिक आइपुग्दा, सपना सबै पढाइसँगै गाँसिएका थिए, तर जागिरको ढोका अझै बन्द, “भोलि पाउँछु” भन्ने आशामा बितिरहेका दिनहरू। घरको कोठाभित्र बस्दा बाहिर गाउँलेको कुरा कानमा बज्छ– “तेरो छोरो त घरमै बस्छ, कसरी चल्छ र?” बुबाको पसिनाको भात मुखमा पर्न थालेपछि मिठास हराएर बोझ बन्न थाल्छ। सपना त ठूलो छन्, तर बाटो अँध्यारो, काम गर्न मन छ, तर अवसर दुर्लभ। कहिलेकाहीँ भोलिको भरोसा पनि झूटो जस्तो लाग्छ, भविष्यका पानामा अन्धकार मात्र देखिन्छ। तर— मनको गहिराइमा एउटा आशाको दीप अझै बलिरहेको छ, “संघर्ष पार गर्ने हो भने बिहान अवश्य उदाउँछ।” आज म केही छैन, तर भोलि म आफ्नै पसिना र मेहनतले घरको थालमा गर्वका भात राख्नेछु। गाउँलेको हाँसोले होइन, आफ्नै कर्मले बोल्ने दिन आउनेछ, र यही संघर्ष मेरो सफलताको आधार बन्नेछ। 🌅✨ ---
Poetry Books 50% Off
Bestselling collections from top poets
