"सुध्रीउन झोले"
तिमि मानव कि दानब , म सोध्दैछु प्रश्न ? जनतालाइ रुवाइ ,तिमि पाइदैनौ हास्न कालो कर्तुतको प्रमाण सबै छन हातमा तर , न्यायलय सरकार सबै तिम्रै हातमा तर न्यायलय सरकार सबै तिम्रै हातमा म कहा गएर बोलुम कहाँ पिडा खोलुम , भन भन कहाँ गएर बोलुम सुन , के भाको झोले? अब सुध्रीउन झोले तेरो जिबननै फेरिन्थ्यो, बेलैमा आखा खोले धर्म नै हुन्थ्यो तिमि, सत्यमा बोले देश नै फेरिन्छ , हामि सत्यमा बोले न्याय बाचिन्छ , हामि सत्यमा उभे सुन झोले , कमाइ खा बैसामा , नबिका पैसामा झोले हो , नबिका पैसामा लासलै पुरि सासलाइ थुनि हत्यारा बचाइ राछ पैसाको झोलि, घुन्डाको टोलि बिचमा नचाइ राछ हरायो मानव ,निस्कित्यो दानव , के राखु आशा अब? न्याय बेच्यो , सत्य बेच्यो , देश बेच्यो, बेच्यो पैसामा सब सुन झोले दमले कमाउ , आफैमा रमाउ , अब सुध्रीउना झोले अब सुध्रीउन झोले रितियो काख , सिध्यायो सब , अब सुन्ने को छन यहाँ उठ्लेलाइ गोलि , बोल्नेको बोलि , थुन्ने छन यहाँ आउलनि कोहि पाउलानि न्याय सोच्दैछ देशले आमा झै निस्वार्थ , बा झै खम्बा खोज्दैछ देशले कठै खोज्दैछ देशले, झोले अब सुध्रीउ है झोले , अब सुध्रीउ है झोले तिमि मानवकि दानब , म सोध्दैछु प्रश्न , म सोध्दै छु प्रश्न देशै रुवाइ तिमि पाइदैनौ हास्न जनता रुवाइ तिमि पाइदैन हास्न
Poetry Books 50% Off
Bestselling collections from top poets
