*म पनि मानबै हुँ*
✍️ईश्वर ढकाल संसार मा प्रतेक पाइला चल्दा मेरो मुटु च्यास्स विज्छ सबै सामु बस्न खोज्दा अलिक पर बस भन्दा मेरो मुटु पनि पोल्छ फेरि आफूई अनुभव गर्छु मत दलित हुँ।।।।। सधैं बिहान बेलुकी यही कुरोले मेरो मुटु लाई छिन्न भिन्न पार्छ अब त छिछि र दूर दूर स्वभाब देखेर मलाई जिन्दगी नै धिक्कार झैं लाग्छ।। मन त लाग्छ सबै सामु बसी समता को कुरा गरु तर समाझ मा राखेका कतिपाए नियम र रितिमा मेरा ति सबै सपना बाढी मा झरेको नदी को गढा झैं सकिन्छन अनि फेरि मनमा थाल्छ पीडा धिक्कार अनि अभागीको जस्ता सत्रुले घर संझाउन।।।।। सधैं हजारो सपना सझाउछु अनि तिनै सपना पूरा गर्न सधै घमासान उद्ध गर्छु तर जाती माथि कोरेको प्रश्न बोधक चिन्न ले मलाई रणभूमिमा पुग्ने अघिनी त दलित होस् भनी घाइते बनाउँछ अनि मेरा सपना कल्पनाकै जगत मा मानव जाति एक हुने गुहार लगाई हिँड्छ।।।
Poetry Books 50% Off
Bestselling collections from top poets
