जीवनसंघर्ष
एउटा पहाडलाई उचाईमा पुग्न कति संघर्षले बाच्नु पर्यो? भल,बाढी त्यही पहाड माथी उर्लिदा पनि पहिरोले पछारिदा ,बजारिदा पनि फेरि चर्किनु परेको थियो उसले चिरिनु परेको थियो ! आफ्नै सपनाको उचाईमा जीवनले पहराको यात्रामा बाटो सर्वे गर्दिए पछि ! रित्तिनु परेको थियो शुन्यताको पनि माइनस बिन्दुमा ! त्यही बखत कसैसँग साहाराको गुहार माग्नु भनेको कायरताको बाध्यात्मक जवाफ स्वीकार गर्नु हो.....! यो संसारमा आकाशको साथी अर्को आकाश छ कि छैन होला...? मलाई लाग्छ ! "एउटा जीवित मुटु माथी आकाश खस्नु भनेको आकाशले मसँग मीत लगाउनु हो" त्यसैले जीवनको बुझाईमा पहाड पहरा हुनु ,रित्तिनु, चकनाचुर हुनु सबै सबै सकिनु.। र अन्तिम एक सर्को स्वास मात्रै जीउदो हुनु । अकल्पनीय पृथ्वी पल्टिनु मेरा लागी........ आकाश खस्नु र आकाश नै मित्र हुनु सो सरह हो!
Poetry Books 50% Off
Bestselling collections from top poets
