डर
डर त केवल छायाजस्तै हुन्छ, तर कहिलेकाहीँ त्यो छायाले नै मानिसलाई अँध्यारो भित्र थुन्छ। मनभित्र कतै, बोल्न नसकिएको एउटा चिच्याहट हुन्छ, बाहिर भने सबै ठीक छ भनेर हसाएँ जस्तो गर्छु— तर भित्रै कतै थरथरी कम्पन हुन्छ। रातको सन्नाटामा आफ्नै सासको आवाज पनि कसैको चित्कारजस्तो लाग्छ, आँखा चिम्लिँदा त आफ्नै कमजोराइले समातेर तानेझैँ महसुस हुन्छ। डर त साहसको विपरीत होइन, डर त आफैँलाई हराउने डर हो— एउटै गल्तीले सबै कुरा टुट्ला कि भन्ने। कहिलेकाहीँ त मानिसहरूमै डर लाग्छ, कस्ले धोका देला, कस्ले साथ छाड्ला— यो सोचेर नै मन भाँचिन्छ। तर… डरभन्दा ठूलो तिम्रो आँसु हो, डरभन्दा ठूलो तिम्रो सपना हो, डरभन्दा ठूलो त तिमी आफैँ। डरले जितेकै भए आजसम्म कसैको घाम उदाइरहँदैनथ्यो। तसर्थ… भित्रै कतै थरथर काँपिरहे पनि तिमी उठ, त्यो काँपी–काँपी उठ्ने साहसको नाम नै जिन्दगी हो। --- mahesh Paudel 🥀❣️
Poetry Books 50% Off
Bestselling collections from top poets
