तिमि आउनु
तिमी आउनु, मौनले थाकेको यो मनमा नबोलेको कुरा बुझ्ने भएर आउनु। प्रश्नले भरिएको दिनपछि उत्तरजस्तै शान्त भएर आउनु। तिमी आउनु, आकाशले बादल थाम्न नसकेको दिन हल्का वर्षाजस्तै आएर मेरो रूखिएको आत्मालाई भिजाउनु। पुराना घाउ सोधपुछ नगरी चुपचाप मलहम बनिदिनु। तिमी आउनु, मेरो कमजोरी गन्दै होइन, मेरो प्रयास देख्दै आउनु। हारको हिसाब किताब गर्ने होइन, बाँकी रहेको विश्वास समेट्दै आउनु। तिमी आउनु, सफलताको शोरमा होइन, असफलताको साँझमा दीप बनेर आउनु। सबैभन्दा कमजोर पलमा सबैभन्दा बलियो साथ भएर उभिनु। तिमी आउनु, वाचा बोकेर होइन, निभाउन सक्ने निष्ठा बोकेर आउनु। क्षणिक खुशी होइन, दिर्घ मुस्कान लिएर आउनु। र जब तिमी आउँछौ, जिन्दगी भारी लाग्दैन, सास फेर्न सजिलो हुन्छ। किनकि तिमी मेरो भाग्य होइन, मेरो आशा भएर आउँछौ।
Poetry Books 50% Off
Bestselling collections from top poets
