गरिबको कथा
फाटेको टोपी, च्यातिएको लुगा, तर पनि उसको मनमा ठूलो धुगा। भोकै पेट, आँखामा सपना, जीवनभरि उसको यही त कथा। सकसमा हाँस्ने, आँसु लुकाउने, दुःखको बादलमा आशा सजाउने। अर्काको घरमा काम गरेर, आफ्नो घरमा उज्यालो ल्याउने। बच्चा तान्दै विद्यालय तिर, भोकले पेट पोल्छ, तर मन निर्भय। शिक्षा हो सम्पत्ति, त्यही चाहना, “मेरा सन्तान नहोस् मझस्तै” उसको कामना। राजा जस्तै उसको मनको दरबार, गरिबी भित्र पनि प्रेमको संसार। धनले होइन, मनले धनी, त्यो गरिब नै त साँचो मानवनी। महेश पौडेल लिखु तामाकोसी -7 रामेछाप
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
