प्रश्न को बाटो
प्रश्नको बाटोमा हिँड्दा, मन कहिले-काहीँ थाकेजस्तो लाग्छ, उत्तर खोज्दै हिड्दा–हिड्दै आफ्नै कदम पनि अड्केजस्तो लाग्छ। कसलाई सोधूँ? कसले बुझ्ला? भित्री चोटका यी शब्दहरू, मनका झ्यालभित्र लुकेका अधुरा सपनाका रंगहरू। प्रश्नहरू त धेरै छन्, तर उत्तरहरू किन मौन छन्? जीवनको पुस्तक पढ्दै जाँदा कति पाना भिजेका र कति खोइ हराए जस्तो छ। तर यही प्रश्नको बाटोमै एक आशा भेटिन्छ – धेरै बुझ्ने कोही नपाए पनि आफ्नै मन नै कहिले-काहीँ सबैभन्दा ठूलो गुरु भेटिन्छ। त्यसैले, प्रश्नको बाटो नडराई हिँड, उत्तरहरू एकदिन आफैँ आइपुग्छन्, र तिम्रो मनको तिमिर चिर्दै उज्यालोले नाम बोलाउँछ — “तिमी एक्लो छैनौ, तिम्रो खोजको यात्रा सफल छ।”
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
