अनौठो प्रेम
सात जन्म, सात फेरा जीवनको साथ सदा तिम्रै खोजीमा छ। सात अजुबा, सात समुन्द्र हेर साथ छैनौ अझै सम्म किन?। मलाई थाहा छ, तिमी यहाँ कतै छैनौ। म चिन्दिन तिमीलाई, मेरो आहाशले चिन्छ । मलाई थाहा छ, तिमी यहाँ कतै छैनौ। किनकि मेरो पर्खाइ,जस्तै छ तिम्रो पर्खाइ अनि यहाँ कोही पर्खनेवाला छैन। मलाई थाहा छ, तिमी यहाँ कतै छैनौ। किनकि मात्र तिम्रा आँखाले, मेरा आँखा चिन्छ र यहाँ कसैको आँखामा दृश्य छैनन्। म रोजेर हैन खोजेर हिड्ने मान्छे हुँ। म केवल उसलाइ खोजी हिड्दै छु, जसले मलाई खोज्दै हिँडिरहेछ। कसैका सोच म सँग कहिल्यै पुगेनन्। किनकि म भित्र त्यो असीमित ब्रह्माण्ड छ जसको न त कुनै सुरुवात छ न त कुनै अन्त्य छ। जहाँ म तैरिरहेको छु, बगिरहेछु एक्लै जसरी खोला सागर खोज्दै बगिरहन्छ। हामी एकै हौ, तर एक छैनौ प्रश्न सदा यही छ, तिमी कहाँ छौ ? बादलहरु बाट खोज्दै छौं कि नहर बनेर बग्दै छौ? हिमालमा हिउँ बनेर संझिएको छौ कि बिहानीको सित बनी विलाउँदै छौ? बर्खा बनेर झर्दै छौ कि बाफ बनेर चडदै छौ? झरना बनेर दौडदै छौ कि समुन्द्र बनेर पर्खिदै छौ? मान्छे बुझ्दैनन् तिमीलाई तिम्रा रूप अनेक छन्, तिमी केवल पानी हौ। कसले बुझ्छ यो कुरा समुन्द्र आफैमा तृप्त छैन। कसरी पुर्याउ यो खबर तिमी सामु म मानव रूपी भेषमा छु। मिलन त्यति बेला सम्म सम्भव छैन जबसम्म तिम्रा सप्तरंगी रूपलाई त्यागेर तिम्रो खोज लिइ, म सामु तिमी आउँदैनौ।
Poetry Books 50% Off
Bestselling collections from top poets
