ईश्वर
हतास जिन्दगी र बताश पीडामा एकासी जब हराउँछु म। तिता मीठा यो कालको प्ल ले सबै कुरा ले जब नुहाउछु म। समाधान न पाए हेर मलाई तिमीलाई रोज्दै आउछु म। तिम्रो चरणमा बसेर हेर हे इश्वर कत्ति रमाउछु म। तिम्रो त्यो मधुर भजन बसेर जब गुन गुनाऊछु म समाधान न पाए हेर मलाई तिमीलाई रोज्दै आउछु म। तिम्रो त्यो चम्किलो नयन बिहान को जल ले जब धुन्छु म। तिमीले हेराएका जीवनको मार्ग गीत। बाट जब सुन्छु म। समाधान न पाए हेर मलाई तिमीलाई रोज्दै रून्छु म। आफन्तलाई हेरेपछि तिमीलाई आफन्त बोलाउछु म। तिमी न भए मेरो जीवन मा जीवन लाई नै हराउँछु म पोसकफेरी नी आत्मा मेरो तिमीलाई रोज्दै आउछु म। दिपेन्द्र कुमार
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
