केहि शब्द
बा घाँस काटेर बुढो भए, मेरो सपना छ बा खुसी भएर बसुन, मेरो सपना छ।। के लाग्छ टालेको घरबाट दुःख पस्छ बा भित्तामा तस्बिर राखुन् मेरो सपना छ।। परिस्थितिमा उठेको समयले निन्द्रा दिँदैन बा र ओछ्यान मित्र हुन्, मेरो सपना छ।। कति रहर पैसामै सिमित भए यहाँ छ बा पैसाले रहर किनुन मेरो सपना छ।। जहिले जोगाउनु पुर्याउनु विचार थियो उनको अब चलाउन आजादी होस् मेरो सपना छ।।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
