मेलापात
धानपात झुल्किएको, खेतका आँखा चम्किएका, घामसँगै पसिना टप्किएको, हातहरू जोडिएका। गाउँघरका सबै मिलेर, गीतमा ताल मिलाउँछन्, मेलापातको रमाइलोमा, मन भित्रै फूलाउँछन्। एउटै थाली, एउटै भात, एउटै पानी पिउँछन्,? पसिनामा पनि मिठास, मित्रता त्यहीं सिक्छन्। मालपुवा, सेल रोटी, दूधको मिठो स्वाद, पाक्ने धानसँगै बाँड्छन्, सुख–दुखको याद। मेलापातले गाउँलाई, बनाउँछ एउटा घर, साथ–सहयोगको मूल्य, रहन्छ जीवनभर। महेश पौडेल लिखु तामाकोसी ७ रामेछाप !
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
