सम्झनाका पानाहरू 📖✍️
सम्झनाका पानाहरू पल्टाउँदा, कति बिर्सन नसकिने पलहरू छन्, त कति सम्झिने मन नलाग्ने कति हाँसो भेटिन्छ, कति रुवाइ पनि, कहिलेकाहीँ मन मुस्कुराउँछ, फेरि त्यही मनभित्र विगत झस्काइ रहेको हुन्छ। विगतका गल्तीहरू सम्झँदा पोल्छ, तर ती गल्तीहरूले नै सिकाए, कसरी अन्धकारमा पनि उज्यालो खोज्ने, कसरी आफूलाई चिन्ने। कति सपना टुटे, कति पूरा भए, तर प्रत्येक अध्यायले केही न केही अर्थ दिए, कहिलेकाहीँ पीडा पनि कविता बन्छ, र हर्ष पनि बिछोडको गीतमा हराउँछ। अब त ती पलहरू सम्झँदा डर लाग्दैन, किनभने ती नै मेरो कथा हुन्, जहाँ दुख पनि सुन्दर छ, र सुख पनि, सम्झनाको एउटा पाना मात्र । ✍️अबिना तामाङ
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
