Nepal ko huna simana le xekdin
जन्मिएको माटोले मात्रै मानिसको परिचय बन्दैन, कसैको मनमा नेपाल बस्छ भने उसलाई सीमाले छेक्न सक्दैन। हिमाल देखेर आँखा चम्किन्छ भने, तराईको हावा छातीभरि महसुस हुन्छ भने, पहाडको बाटो सम्झिँदा मन भित्रै घर फर्किएझैँ लाग्छ भने— ऊ नेपालकै हो। रगतमा नागरिकता नभए पनि, भावनामा देश बगिरहेको हुन्छ कहिलेकाहीँ। चन्द्र–सूर्य फर्फराउँदा कसैको शिर गर्वले उठ्छ भने, नेपालीको पीडा देख्दा कसैको आँखामा आँसु झर्छ भने— उसलाई नेपाली भन्न अरू प्रमाण किन चाहियो र ? नेपाल केवल नक्साको रेखा होइन, यो त मुटुभित्र धड्किने एउटा अनुभूति हो। जहाँ कसैले नेपाल हार्दा चुपचाप दुख्छ, नेपाल जित्दा हर्षले भरिन्छ— त्यहीँदेखि सुरु हुन्छ एउटा साँचो नेपालीको अस्तित्व। र अन्त्यमा, देशसँग प्रेम गर्न जन्मस्थान चाहिँदैन, एउटा सच्चा मन नै काफी हुन्छ।
Poetry Books 50% Off
Bestselling collections from top poets
