कविको डायरि मा एउटा *HI *
कविले लेख्यो— सम्बन्ध रहेछ, तर संवाद अधुरो। उसले लेख्यो— तिमी आउँछौ, एउटा “hi” बोकेर, र जान्छौ मेरो मौनताभन्दा छिटो। कविले सोध्यो कागजलाई— के यही हो माया ? जहाँ शब्द छोटा हुन्छन्, र प्रतीक्षा लामो। उसले मसी सुक्न नपाउँदै बुझ्यो— सम्बन्ध कागजमा त बाँच्छ, तर व्यवहारमा अनलाइन–अफलाइनको खेल मात्र। कविले अन्तिम हरफमा लेख्यो— Hi त अभिवादन हो, तर माया त बसिरहने साहस हो। mahesh 💫
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
